गृहमन्त्रीले भने : त्रिशूली ३ ‘ए’ सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौँ
annapurnapost.com · Sat Aug 29 16:03:25 GMT 2026

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले उद्धार टोली त्रिशूली ३ ‘ए’ सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको जानकारी दिएका छन्। बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली ३ ‘ए’ सुरुङमा फसेका व्यक्तिहरुको उद्धारका खटिएका गुरुङले सानो प्वालबाट सुरुङभित्र हावा पठाउन सुरु गरिएको जानकारी दिएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखका छन्,‘त्रिशूली ३ ‘ए’ सुरुङ उद्धार कार्यमा हामी सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौँ। हामीले उक्त सानो प्वालबाट हावा पठाउन सुरु गरिसकेका छौँ र अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाउनेछौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)