अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र
clickmandu.com · Mon Jul 20 03:59:32 GMT 2026

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध लगातार नवौँ रात हवाई आक्रमण सञ्चालन गरेपछि मध्यपूर्वमा युद्ध थप चर्किएको छ । अमेरिकी आक्रमणसँगै कुवेत, बहराइन, जोर्डन र सिरियासम्म सुरक्षा अवस्था तनावपूर्ण बनेको छ भने इरानले पनि आफ्नो प्रतिआक्रमणलाई तीव्र बनाएको जनाएको छ ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले आइतबार राति इरानमाथि नयाँ हवाई आक्रमण सुरु गरिएको पुष्टि गर्दै यसको उद्देश्य हर्मुज जलघाँटीमा व्यापारिक जहाज तथा नागरिक जलयातायातमाथि आक्रमण गर्न प्रयोग भइरहेका इरानी सैन्य क्षमतालाई कमजोर पार्नु रहेको जनाएको छ । सेन्टकमका अनुसार यो लगातार नवौँ रातको आक्रमण हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)