एनएमबि बैंकद्वारा नागरिक एप इन्टिग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य
corporatenepal.com · Mon Jul 20 04:07:05 GMT 2026

काठमाडौँ । डिजिटल बैंकिङलाई अझ सहज र छिटो बनाउनका लागि एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको छ ।
यो नयाँ सहकार्यपछि अब एनएमबि बैंकका ग्राहकहरूले नागरिक एपमार्फत अनलाइन बैंकिङ्ग फर्महरू सजिलै भर्न सक्नेछन् । यसले गर्दा आफ्नो व्यक्तिगत विवरणहरू बारम्बार हातले टाइप गरिरहनुपर्ने झन्झट हट्ने, कागजी काम कम हुने र बैंकको काम सहज र छिटो हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)