पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो, शिवभक्तको आस्थाले भरियो मन्दिर परिसर
kalakarmi.com · Mon Jul 20 04:14:48 GMT 2026

काठमाडौं– साउन महिनाको पहिलो सोमबार भगवान् शिवको विशेष पूजा, आराधना र दर्शनका लागि बिहानैदेखि राजधानीस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको उल्लेख्य घुइँचो लागेको छ । देशका विभिन्न जिल्ला तथा काठमाडौं उपत्यकाबाट आएका हजारौं श्रद्धालु बिहान सबेरैदेखि लामो लाइनमा बसेर भगवान् पशुपतिनाथको दर्शन तथा जलाभिषेक गरिरहेका छन् ।
ब्रह्ममुहूर्तदेखि नै मन्दिर परिसर भक्तजनले भरिभराउ भएको छ । विशेषगरी हरियो तथा पहेँलो पहिरनमा सजिएका महिलाहरू, व्रतालु, साधुसन्त तथा युवा भक्तजनको उपस्थिति उल्लेख्य देखिएको छ । भक्तजनहरूले बेलपत्र, धतुरो, दूध, जल, अक्षता, फूल तथा प्रसाद चढाउँदै भगवान् शिवको पूजा–आराधना गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)