कर्णालीमा सुपथ मूल्य पसल सञ्चालन
kathmandupress.com · Sun Sep 18 11:35:00 GMT 2022
कर्णाली, असोज २ : कर्णालीमा दसैँ, तिहार र छठलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालन भएको छ । शनिबारदेखि सुर्खेतसहित कर्णालीका दसैँ जिल्लामा सुपथ पसल सञ्चालन भएको छ।
चाडपर्वको बेलामा बजारमा अस्वाभाविकरूपमा मूल्यवृद्धि हुने भएकाले उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालनमा ल्याइएको हो । उक्त सुपथ मूल्य पसलको शनिबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले उद्घाटन गरे।
सो अवसरमा उनले सबै सरोकारवालाको समन्वयमा बजार अनुगमनलाई प्रभावकारीरूपले तीव्र पारिने बताए। रिजालले यस्ता सहुलियत मूल्य पसल सहरमा मात्र नभई गाउँसम्म पु¥याउन आवश्यक रहेको औंल्याए।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश कार्यालय प्रमुख माधव मिश्रले चाडपर्व लक्षित सहुलियत मूल्य पसलमा आम उपभोक्ताको अधिकारलाई सुरक्षित राख्दै वस्तुको विविधीकरणमा लागेको बताए। उनले सहुलियत मूल्य पसलबाट चामल, दालसहित घ्यू, तेल तथा अन्य मसलाजन्य वस्तु उपलब्ध गराउनका लागि पहल गरिएको जानकारी दिए।
मिश्रले चामल र दालमा प्रतिकेजी सात रुपियाँ छुट दिइएको जानकारी दिए। चाडपर्वमा उपभोक्तलाई सहुलियत दिन खाद्य कम्पनीलाई रु दुई करोड ३२ लाख र साल्ट्र टे«डिङ कर्पोरेसनलाई रु एक करोड छुट्याइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupress.com)