युएईका क्रिकेटर आसिफलाई आइसीसीको कारबाही, १५ महिना निलम्बन
annapurnapost.com · Thu Aug 27 11:12:40 GMT 2026
काठमाडौं : युएई राष्ट्रिय टिमका आक्रमक ब्याटर आसिफ खानलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को कारबाही गरेको छ। उनीमाथि सन् २०२५ को सेप्टेम्बर ८ मा गरिएको एन्टीडोपिङ परीक्षण पोजेजिभ आएको हो।
उनले एन्टीडोपिङ परीक्षणमा प्रतिबन्धित औषधी ‘मेस्टेरोलोन अफ मेटाबोलाइट’ सेवन गरेको स्वीकार गरेका हुन्। यसैको आधारमा उनलाई आइसीसीले १५ महिना लामो प्रतिबन्ध लगाएको हो। प्रतिबन्धित औषधी सेवन गरेको भन्दै आइसीसीले उनीविरुद्धको रिपोर्ट सार्वजनिक गरेको छ। यो परीक्षण २०२५ को सेप्टेम्बरमा गरिएको तर उनीविरुद्ध प्रतिबन्धको रिपोर्ट भने बिहीबार सार्वजनिक भएको क्रिकइन्फोमा उल्लेख गरे छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)