पशुपतिमा साउने सोमबारका दर्शनार्थी (तस्वीरहरु)
onlinekhabar.com · Mon Jul 20 04:11:59 GMT 2026

४ साउन, काठमाडौं । यस वर्षको साउन महिनाको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलेर दर्शनको व्यवस्था मिलाइएको छ । बिहान ३ बजेदेखि खुलेका पशुपति मन्दिरका चारवटै ढोका बेलुका आरतीपछि राति ८ बजेसम्म खुला रहनेछन् । विशेष पूजा भने बिहान ८:३० बजेदेखि दिउँसो १२ बजेसम्म चल्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)