काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम: सतर्क रहन महाशाखाको आग्रह
nepalviews.com · Mon Jul 20 04:31:44 GMT 2026

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तलै रहे पनि काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको भन्दै विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।
सोमबार बिहान जारी गरिएको बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायतका प्रमुख नदी र तिनका सहायक नदीहरूको अवस्था सामान्य रहे पनि साना नदीहरूमा बाढीको खतरा देखिएको छ। महाशाखाका अनुसार आज गोरखा, रूपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ भई बहने साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)