कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया
barnanmedia.com · Mon Jul 20 04:24:12 GMT 2026

कर्णाली प्रदेशका विभिन्न जिल्लामा ९५३ जनाको निःशुल्क आँखाको शल्यक्रिया सेवा गरिएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखराले गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका अति दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेका समुदायमा सञ्चालन गरेका निःशुल्क आँखा शिविरमार्फत उक्त सेवा प्रदान गरेको हो ।
अस्पतालका बाह्य कार्यक्रम प्रमुख नेत्र अधिकृत सुवास नेपालका अनुसार गत आवमा अस्पतालले सो प्रदेशका १७ हजारभन्दा बढी नागरिकलाई आँखा उपचार सेवा प्रदान गरेको छ । सो अवधिमा बाह्य कार्यक्रममार्फत सात हजार २१७ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो भने अस्पतालअन्तर्गत सञ्चालित आँखा उपचार केन्द्रहरूमार्फत १० हजार ४३२ जनाले आँखा उपचार सेवा प्राप्त गरेका अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसरी बाह्य कार्यक्रम र आँखा उपचार केन्द्रमार्फत गरी कर्णाली प्रदेशमा एक वर्षमा १७ हजार ६४९ जनालाई आँखा स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)