पृथ्वी राजमार्ग: चितवनमा पहिरो हट्यो, धादिङतर्फ अझै अवरुद्ध
hamrakura.com · Mon Jul 20 00:00:00 GMT 2026
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत चितवनतर्फ खसेको पहिरो पन्छाइएको भए पनि धादिङतर्फ सडक अवरुद्ध रहेका कारण सवारी आवागमन अझै सञ्चालन हुन सकेको छैन।
इच्छाकामना गाउँपालिका–२ स्थित फिस्लिङको पानीधारा र चुमखोलामा आज बिहान खसेको पहिरो पन्छाएर बिहान ९:३० बजेदेखि सडक सफा गरिए पनि धादिङको जवाङ खोलामा पहिरो झरेका कारण यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)