एमबाप्पेलाई गोल्डेन बुट
arthasansar.com
फ्रान्सका कप्तान केलिन एमबाप्पेले विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड जिते । टोलिलाई उपाधि जिताउन नसके पनि उनले व्यक्तिगत रुपमा भने उक्त उपलब्धि हासिल गरेका हुन् ।
उनले विश्वकपभर सर्वाधिक १० गोल गरे । एमबाप्पे लगातार दुई पटक गोल्डेन बुट अवार्ड जित्ने पहिलो खेलाडी समेत बने । अघिल्लो विश्वकपमा पनि उनले गोल्डेन बुट जितेका थिए । उनको मात्रै होइन समूह चरणदेखि नकआउट चरणसम्म फ्रान्सको प्रदर्शन पनि जबरजस्त थियो । सेमिफाइनलमा स्पेनसँग २–० ले पराजित हुँदै फ्रान्स उपाधि होडबाट बाहिरियो । एमबाप्पेले सन् २०१८ मा १९ वर्षकै उमेमरमा फ्रान्सबाट विश्वकप उपाधि जितेका थिए । त्यसको चार वर्षपछि कतारमा विश्वकप हुँदा एमबाप्पे परिपक्क भइसकेका थिए र फ्रान्सलाई फाइनल पुर्याउँदै गोल्डेन बुट अवार्ड जिते ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)