आजदेखि लाइसेन्स सम्बन्धी सबै काम अनलाइनबाट
kendrabindu.com · Mon Jul 20 05:06:26 GMT 2026

काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि लाइसेन्स सम्बन्धी सबै काम पूर्णरुपमा अनलाइनमार्फत् सुरु गरेको जनाएको छ । लाइसेन्सको आवेदन, नवीकरण र राजस्व भुक्तानी सम्बन्धी सबै काम अनलाइनबाटै गर्न सकिने विभागले जनाएको छ ।
अब लाइसेन्स बनाउँदा सेवाग्राही स्वास्थ्य परीक्षणका लागि मात्र सम्बन्धित यातायात कार्यालयमा उपस्थित हुनुपर्नेछ । लाइसेन्स सम्बन्धी अनलाइन सेवालाई व्यवस्थित र सहज बनाउन विभागले सातवटै प्रदेशका लागि छुट्टाछुट्टै वेब पोर्टल बनाएको छ । सेवाग्रहीले अब आफ्नो प्रदेश अनुसारको वेबसाइटमा गई अनलाइन सेवा लिन सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)