प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
barnanmedia.com · Sun Jun 28 02:46:21 GMT 2026

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकका लागि १२ वटा कार्यसूची तय गरिएको छ।
बैठकमा आर्थिक तथा कानुनी महत्त्वका विभिन्न विधेयकमाथि छलफल र निर्णय हुने कार्यसूची रहेको छ। बैठकको सुरुआतमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा सभामा सुनाइनेछ। त्यसपछि प्रधानमन्त्रीको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले महालेखा परीक्षकको २०८३ सालको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)