कर्णालीका सडक र पूर्वाधारको अनुगमनमा मन्त्री लम्साल
barnanmedia.com · Mon Jul 20 05:16:41 GMT 2026

नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णालीका सडक तथा पूर्वाधारको स्थलगत निरीक्षणमा हुनुहुन्छ। शुक्रबारदेखि कर्णालीका सडक पूर्वाधारको साताव्यापी अनुगमन तथा निरीक्षणमा निस्कनुभएका मन्त्री लम्सालले सुर्खेत, कालीकोट हुँदै कर्णाली राजमार्गको जुम्ला खण्डमा रहेका सडक तथा भौतिक पूर्वाधारको अवस्था अवलोकन गर्नुभएको हो।
मन्त्री लम्सालले सडक डिभिजन कार्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चन्दननाथ मन्दिर, शिक्षण अस्पताललगायतका महत्वपूर्ण पूर्वाधारको निरीक्षण गर्दै सुझाव सङ्कलन तथा आवश्यक निर्देशन दिनुभएको छ। जुम्ला पुगेपछि पत्रकारसँगको भेटमा मन्त्री लम्सालले कर्णालीका सम्पूर्ण सडकको अवस्था बुझ्न स्थलगत अनुगमनमा निस्किएको बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)