पौडी खेल्ने क्रममा डुबेर मृत्यु
gorkhapatraonline.com · Sat Aug 29 16:17:28 GMT 2026

तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक जना भारतीय युवकको मृत्यु भएको छ । पाल्पाको तिनाउ–३, स्थित ड्यामसाइडमा शनिबार बिहान पौडी खेल्ने क्रममा भारत उत्तरप्रदेश इटवा सिद्धार्थनगर बस्ने २१ वर्षीय प्रभास सोनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
भारतबाट तीनजना साथीसँगै नेपाल घुम्न आउनुभएका सोनी नदीमा पौडी खेल्ने क्रममा अचानक नदीको बहाब बढ्न जाँदा बेपत्ता हुनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)