बारा र पर्साबाट दुई हजार दुई सय ७२ क्वीन्टल धान खरिद
deshsanchar.com · Mon Jan 27 17:15:49 GMT 2025

वीरगञ्ज(पर्सा) – वीरगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बारा र पर्सा जिल्लाबाट दुई हजार दुई सय ७२ क्वीन्टल सोनामन्सुली धान खरिद गरेको छ। कम्पनीले गत मङ्सिर २० गतेदेखि धान खरिद सुरु गरेको हो।
कम्पनीले यो हिउँदमा ३२ हजार क्वीन्टल सोनामन्सुली र १० हजार क्वीन्टल जिरामसिनो धान खरिद गर्ने योजना बनाएको छ। हालसम्ममा जिरामसिनो धान भने कृषकले बिक्रीका लागि ल्याएका छैनन्। कम्पनीका सूचना अधिकारी समीर दाहालले अपेक्षाकृत रुपमा किसान धान बिक्री गर्न नआएको बताए। ‘‘किसानले अपेक्षा गरेभन्दा कम धान बिक्रीमा ल्याउनुभएको छ’’, उनले भने, ‘‘उहाँहरुले फाट्टाफुट दुई–तीन दिनमा एक गाडी धान लिएर आइरहनुभएको छ।’’
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)