स्याङ्जामा सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व संकलन
onlinekhabar.com · Mon Jul 20 06:02:40 GMT 2026

४ साउन, स्याङ्जा । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले एक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि कारबाही गर्दा एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यालयको वार्षिक प्रगति विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा जिल्लाभर विभिन्न प्रकारका १३ हजार ५५१ सवारीसाधन कारबाहीमा परेका छन् । ती कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)