अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य एक महिनायताकै उच्च
ajakoartha.com · Mon Jul 20 06:10:00 GMT 2026

काठमाडौं- संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो सैन्य तनावको प्रभाव अन्तरराष्ट्रिय वित्तीय बजारमा देखिन थालेको छ। सोमबार कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ भने एसियाली सेयर बजारमा मिश्रित कारोबार भएको छ।
मध्यपूर्वमा तनाव चर्किएसँगै विश्वको समुद्री कच्चा तेल आपूर्तिको करिब २० प्रतिशत ओसारपसार हुने हर्मुज जलमार्ग प्रभावित हुन सक्ने आशंकाले तेलको मूल्यमा तीव्र वृद्धि आएको हो। अमेरिकाले इरानी सैन्य लक्ष्यमा थप हवाई आक्रमण गरेपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी तथा साझेदार राष्ट्रका सैन्य सम्पत्तिमाथि जवाफी आक्रमण गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)