पहिरो र बाढीका कारण देशका यी प्रमुख राजमार्ग अवरुद्ध
kendrabindu.com · Mon Jul 20 06:28:41 GMT 2026

काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका नौ प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार, कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्डमा पूर्ण तथा आंशिक अवरूद्ध छ ।
कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग भने बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ । इलाम नगरपालिका–९ राजदुवाली र पाँचथरको याङवरक गाउँपालिका–१ खोबरे खोलास्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)