खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव
nagariknews.nagariknetwork.com · Mon Jul 20 06:28:12 GMT 2026

बर्सातको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक र हिलो पर्ने भन्दै चिकित्सकहरूले आँखा जोगाएर काम गर्न सुझाव दिएका छन्। भरतपुर आँखा अस्पतालमा अहिले दैनिक आउने बिरामीमध्ये ३० प्रतिशत हाराहारी त्यस्ता बिरामी आउन थालेको भन्दै सजग रहन आग्रह गरिएको हो।
अस्पतालका निर्देशक डा पुष्पा गिरी श्रेष्ठले नेपाल नेत्रज्योति सङ्घ भरतपुरबाट सञ्चालित भरतपुर आँखा अस्पतालसहित मातहतका सेकेण्डेरी अस्पताल, सर्जिकल सेन्टर र उपचार केन्द्रमा आउने बिरामीमा समस्या देखिएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)