डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु
ratopati.com · Sun Jun 28 03:00:34 GMT 2026

डोटी । डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडीकेदार गाउँपालिका–२ खरहरमा घरमा झ्याल–ढोका बनाउने क्रममा सोही ठाउँका अन्दाजी ५०-५१ वर्षीय हर्कबहादुर पल्ली मगरलाई अचानक करेन्ट मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार साँझ करिब ४ः४५ बजे स्थानीय डम्बरबहादुर पल्ली मगरको घरमा झ्याल–ढोका बनाउने क्रममा सोही ठाउँका हर्कबहादुर पल्ली मगरलाई अचानक करेन्ट लागेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)