बागमतीमा डुबेका १२ वर्षीय बालकको उद्धार, उपचारका लागि अस्पताल पठाइयो
himalpress.com · Mon Jul 20 07:26:25 GMT 2026

काठमाडौँ- काठमाडौँको गोकर्णेश्वर नगरपालिका-१ स्थित बागमती खोलाको बोक्सी दहमा पौडी खेल्ने क्रममा डुबेका १२ वर्षीय एक बालकको सकुशल उद्धार गरिएको छ।
नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार शनिबार भएको उक्त घटनापछि नं. १ विपद् व्यवस्थापन गण र नेपाल प्रहरीको संयुक्त टोलीले तत्काल उद्धार अभियान सञ्चालन गरेको थियो।