च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा
onlinekhabar.com · Mon Jul 20 07:29:03 GMT 2026

४ साउन, महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा आएका छन् ।
भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम थारू चौधरीका अनुसार आज मध्याह्न सवा १२ बजेतिर उनीहरू आफैं परिवारको सम्पर्कमा आएका हुन् । सम्पर्कमा आएका महिलाहरूले बताए अनुसार जंगलमा च्याउ खोज्दै जाँदा बाटो बिर्सिँदा सम्पर्कविहीन भएको थारूले अनलाइनखबरलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)