सुन्दरीजलमा डुबेका बालकको मृत्यु
baahrakhari.com · Mon Jul 20 07:30:25 GMT 2026

काठमाडौं । सुन्दरीजलको बोक्सीदहमा पौडी खेल्ने क्रममा डुबेका बालकको मृत्यु भएको छ । बोक्सीहदमा साथीहरूसित पौडी खेल्दै गरेका डोल्पाका १२ वर्षीय बालक आइतबार (साउन ३) डुबेर बेपत्ता भएका थिए ।
आइतबारै साँझ सुरक्षाकर्मीको टोलीले खोजी गरेर अचेत अवस्थामा उनको उद्धार गरेको थियो । उद्धारपछि प्रहरीले उनलाई अत्तरखेलस्थित नेपाल मेडिकल कजेलमा पठाइएको थियो । अस्पतालले आइतबार साँझ नै बालकको मृत्यु घोषणा गरेको प्रहरी वृत्त बौद्धले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)