निकुञ्जमा च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला परिवारको सम्पर्कमा
shilapatra.com · Mon Jul 20 07:32:00 GMT 2026

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरू अन्ततः सम्पर्कमा आएका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरू सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् । उनीहरू गत आइतबारदेखि सम्पर्कविहीन थिए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्कविहीन रहेका महिलाहरू परिवारको सम्पर्कमा आइसकेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)