सीजी फुड्सद्वारा त्रुटि औंल्याइएका ब्याचका उत्पादन बजारबाट फिर्ता
baahrakhari.com · Mon Jul 20 07:35:20 GMT 2026

काठमाडौं । सीजी फुड्स इन्टरप्राइज बर्दियाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट गुणस्तरमा त्रुटि औंल्याइलिएका ब्याच नम्बरका उत्पादनहरू बजारबाट फिर्ता लिएको छ । चाउचाउ उत्पादनका क्रममा सीमित ब्याचमा सामान्य त्रुटि भएको विभागले औंल्याएपछि सीजी फुड्सले यस्ता उत्पादन बजारबाट फिर्ता गरेको हो ।
विभागले गोलमोल इन्स्ट्यान्ट नुडल्स (२५ ग्राम), वाइवाइ फुल मिल इन्स्ट्यान्ट नुडल्स (६० ग्राम), प्रिमियम पिरो इन्स्ट्यान्ट नुडल्स (२५ ग्राम) र मामा इन्स्ट्यान्ट नुडल्स (६० ग्राम) बजारबाट फिर्ता लगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)