च्याउ टिप्न निकुञ्ज प्रवेश गरेका महिलाको उद्धार सफल, सेना–प्रहरीको संयुक्त खोजी अभियानले ल्यायो सकारात्मक परिणाम
barnanmedia.com · Mon Jul 20 07:33:57 GMT 2026

महेन्द्रनगर (कञ्चनपुर) | कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका र सम्पर्कविहीन भएका सबै महिला सकुशल सम्पर्कमा आएका छन्। भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरू नेपाली सेनाको सक्रिय खोजी अभियानपछि परिवारको सम्पर्कमा आएका हुन्।
गत आइतबारदेखि सम्पर्कविहीन रहेका महिलाहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा निकुञ्ज प्रशासनले संयुक्त रूपमा व्यापक अभियान सञ्चालन गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)