जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य: मन्त्री चौधरी
barnanmedia.com · Mon Jul 20 07:31:04 GMT 2026

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषिको विस्तार र कृषि क्षेत्रको रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताएकी छन्।
नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाको प्रारम्भिक कार्यशालालाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र जलवायु–स्मार्ट प्रविधिमार्फत रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पारिन्। यी लक्ष्य हासिल गर्न चीन सरकार, चाइना इन्टरनेसनल डेभलपमेण्ट कोअपरेशन एजेन्सी (सिडका), संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) तथा अन्य विकास साझेदारहरूको सहयोग आवश्यक रहेको उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)