तपाईंको आँखाको ‘क्यामेरा’ कति मेगापिक्सेलको ? जान्नुहोस् रोचक तथ्य
ictsamachar.com

काठमाडौं । मोबाइल किन्दा सबैभन्दा पहिले यसको क्यामेराको पिक्सेलको जानकारी लिनुहुन्छ । किनभने कुनै पनि क्यामेराको लागि यसको पिक्सेल धेरै महत्त्वपूर्ण हुन्छन् । क्यामेरामा जति धेरै पिक्सेल हुन्छ, फोटो उति राम्रो एवम् गुणस्तरको हुन्छ, तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि मानिसको आँखामा कति मेगापिक्सेल हुन्छ । आज हामी तपाइँलाई तपाइँको आँखा कति मेगापिक्सेलको छ भनेर बताउन गइरहेका छौं ।
हेर्ने हो भने हाम्रो आँखा डिजिटल क्यामेरा जस्तै हो । यदि हामीले क्यामेरा अनुसार आँखा तुलना गर्छौं भने, हाम्रो आँखाले हामीलाई ५७६ मेगापिक्सेल सम्मको दृश्य देखाउँछ । अर्थात् आँखाको मद्दतले हामी एक पटकमा ५७६ मेगापिक्सेलको क्षेत्रफल देख्न सक्छौँ । यो रिजोल्युसन यति उच्च छ कि हाम्रो मस्तिष्कले यसलाई एकै साथ प्रक्रिया गर्न सक्षम छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)