मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न मध्यवर्ती क्षेत्रका गाउँमा साइरन जडान
nepalpress.com · Mon Jul 20 08:16:56 GMT 2026

नेपालगञ्ज । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँमा पूर्वसूचना प्रणाली जडान गरिएको छ ।
वन्यजन्तुको जोखिमबाट स्थानीयलाई जोगाउन कोहलपुर–१३ को खडगवार, राप्तीसोनारी–९ को महादेवपुर, राप्तीसोनारी–८ को बुचापुर तथा राप्तीसोनारी–२ को गोभारपुरमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको जेडिएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)