जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व संकलन
canadanepal.com · Mon Jul 20 08:26:14 GMT 2026

जनकपुरधाम - जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि कारबाही गरी रु. १ करोड १४ लाख ९ हजार ५०१ राजस्व संकलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालका अनुसार उक्त अवधिमा १२ हजार ६०३ वटा सवारीसाधनलाई कारबाही गरिएको थियो । कारबाहीबाट संकलित राजस्व अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)