डेटा माइग्रेसनले यातायात कार्यालयको सेवा प्रभावित, अत्यावश्यक नभए साउन ८ गतेपछि मात्र आउन आग्रह
techpana.com · Mon Jul 20 08:34:00 GMT 2026

काठमाडौं । यातायात व्यवस्था विभागको प्रणालीमा ‘डेटा माइग्रेसन’को प्राविधिक काम सुरु भएसँगै देशभरका यातायात कार्यालयबाट प्रवाह हुने सेवा केही दिनका लागि प्रभावित हुने भएको छ । विभागले प्रणालीलाई थप सुरक्षित, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन डेटाबेस स्थानान्तरणको काम अघि बढाएकाले अति आवश्यक अवस्थाबाहेक आगामी ८ साउनपछि मात्र सम्बन्धित कार्यालयमा सम्पर्क राख्न सेवाग्राहीलाई आग्रह गरेको हो ।
विभागका अनुसार डेटा माइग्रेसनका साथै नयाँ आर्थिक वर्षका लागि प्रदेश सरकारले तोकेका नयाँ करका दररेट प्रणालीमा प्रविष्टि गर्ने र त्यसलाई पुराना डेटासँग मिलान गर्ने काम पनि सँगसँगै भइरहेको छ । यी काम पूर्ण रूपमा सम्पन्न भई प्रणाली पूर्ववत् रूपमा सञ्चालन हुन करिब एक हप्ता लाग्ने विभागको अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)