बढ्यो प्रचण्डको सक्रियता, माधवपछि ओलीलाई भेटेर प्रदेशबारे निर्णयमा पुग्ने
ratopati.com · Mon Jul 20 08:41:26 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबिच प्रदेश गठबन्धनमा समस्या उत्पन्न भएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सक्रियता बढेको छ । श्रीलंकाको भ्रमण सकेर स्वदेश फर्केलगत्तै प्रचण्डले राजनीतिक संवाद र भेटवार्तामार्फत सक्रियता बढाएका हुन् ।
प्रचण्ड आइतबार दिउँसो काठमाडौँ ओर्लेका थिए । उनले आइतबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रदेश समीकरणबारे टेलिफोन संवाद गरेका थिए । त्यसैगरी सोमबार बिहान प्रचण्डले पार्टीका सहसंयोजक माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वर पुगेर छलफल गरेका छन् । नेता नेपाल केही दिनदेखि रुघाखोकी र सामान्य जरो आएकाले निवासमै आराम गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)