सेयर बजारमा ‘डिमान्ड’ बढ्ने वातावरण बनाउन लगानीकर्ताको सुझाव, छलफलमा बालेनले के भने?
clickmandu.com · Mon Jul 20 08:56:53 GMT 2026

काठमाडौं । प्रधानन्त्री बालेन्द्र शाह (बालेन)सँगको छलफलमा सेयर लगानीकर्ताहरुले बजारमा डिमान्ड (माग) बढ्ने किसिमको वातावरण बनाउन आग्रह गरेका छन् । सोमबार प्रधानमन्त्री शाहसँग भएको भेटघाटका क्रममा लगानीकर्ताहरुले बजारको डिमान्ड पक्षलाई सुधार गर्ने ढंगमा काम गरिदिन आग्रह गरेका हुन् ।
‘पुँजी बजारमा देखिएका विद्यमान समस्या समाधान गरी लगानीकर्ताको मनोबल उच्च बनाउनुपर्ने देखिएको छ । बजारमा बढ्दो सेयर आपूर्तिलाई सन्तुलनमा ल्याउन माग पक्ष सुदृढ बनाउनुपर्ने र संस्थागत लगानीकर्ताको भूमिका बढाउनुपर्ने स्थिति पनि छ । जसलाई हामीले प्रधानमन्त्रीसँग राखेका छौं,’ सेयर लगानीकर्ता कम्बिका प्रसाद पौडेलले भेटपछिको कुराकानीमा भने, ‘यसका अलावा हामीले कर प्रणालीमा सुधारको विषय पनि राखेका छौं ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)