मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान
barnanmedia.com · Mon Jul 20 08:45:43 GMT 2026

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँमा पूर्वसूचना प्रणाली जडान गरिएको छ ।
वन्यजन्तुको जोखिमबाट स्थानीयलाई जोगाउन कोहलपुर–१३ को खडगवार, राप्तीसोनारी–९ को महादेवपुर, राप्तीसोनारी–८ को बुचापुर तथा राप्तीसोनारी–२ को गोभारपुरमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको जेडिएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीले जानकारी दिनुभयो। उक्त प्रणालीले हात्ती, बाघ, चितुवा, निलगाईलगायत वन्यजन्तुको सम्भावित आक्रमणबारे समयमै सूचना दिई स्थानीयलाई सतर्क हुन सहयोग गर्ने उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)