आज साँझसम्ममा दुई लाख ३० हजार दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान
nagariknews.nagariknetwork.com · Mon Jul 20 08:51:58 GMT 2026

साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको संख्या साँझ ५ बजेसम्म करिब २ लाख ३० हजार पुग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषका अनुसार बिहान ३ बजेदेखि नै दर्शनार्थीको लाइन लागेको थियो । भक्तजनहरू विभिन्न चारवटा दर्शन मार्गबाट मन्दिर प्रवेश गरी दर्शन गरिरहेका छन् । कोषका प्रतिनिधि शुशील कुमार गौतमले अहिलेसम्मको तथ्यांक संकलन भइरहेकाले ठ्याक्कै संख्या सार्वजनिक गर्न केही समय लाग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)