सिलिकनमा मिसाएर लागुऔषध तस्करी : कोलोम्बियाबाट आएकी महिला कोकेनसहित पक्राउ
annapurnapost.com · Mon Jul 20 08:59:55 GMT 2026

काठमाडौं : लागुऔषध नियन्त्रण ब्युरोले ४.२५८ किलोग्राम कोकेनसहित दुई विदेशी महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६२ वर्षीया कोलोम्बियाली महिला योनेथ गार्जोन कैसेडो र ३१ वर्षीया महिला रेबेका पुल्ले रहेका छन्।
ब्युरोका अनुसार कोलोम्बियाली महिला असार ३१ गते कतार एयरवेजको उडान नम्बर क्यूआर–६४६ मार्फत कोलोम्बियाबाट दोहाहुँदै काठमाडौं आएकी थिइन्। उनलाई काठमाडौं महानगरपालिका–१६ स्थित ठमेल क्षेत्रबाट पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)