बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद
ratopati.com · Mon Jul 20 09:15:33 GMT 2026

नेपालगञ्ज। बाँकेको जमुनाह नाकाबाट सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा रु १३ करोड ६१ लाख ३१ हजार ६९८ बराबरका अवैधरूपमा नेपाल भित्र्याइएका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल ३० नं, गण बागेश्वरी हेडक्वार्टर, बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा त्यस नाकाबाट बरामद गरिएका सामानमध्ये रु ११ करोड ७१ लाख ६३ हजार ४६४ बराबरका सामग्री भन्सार कार्यालयमा दाखिला गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)