बेलायती प्रधानमन्त्री बर्नहामका ५ चुनौती
onlinekhabar.com · Mon Jul 20 09:30:53 GMT 2026

४ असार, काठमाडौं । लन्डन- बेलायतमा नयाँ प्रधानमन्त्री एन्डी बर्नहामले आज औपचारिक रूपमा जिम्मेवारी सम्हाल्दै छन् । बेलायती परम्पराअनुसार प्रधानमन्त्रीले राजा चार्ल्स तृतीयसमक्ष आफ्नो राजीनामा बुझाएपछि राजाले संसद्मा बहुमत भएको दलका नयाँ नेतालाई सरकार गठनका लागि निमन्त्रणा दिन्छन् ।
बेलायतमा प्रधानमन्त्री परिवर्तनका लागि हरेक पटक आमनिर्वाचन आवश्यक पर्दैन । संसद्मा बहुमत भएको दलले आफ्नो नेता परिवर्तन गरेपछि नयाँ नेता स्वतः प्रधानमन्त्री बन्ने संवैधानिक व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)