सार्वजनिक विदा पुनरावलोकन गर्दै सरकार, स्वीकृत प्याकेज कार्यान्वयन गरिने
rajdhanidaily.com · Mon Jul 20 09:48:15 GMT 2026
काठमाडौं । सरकारले सार्वजनिक बिदाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ भने जेनजी शहीद परिवार र घाइतेका लागि स्वीकृत प्याकेज शीघ्र कार्यान्वयन गर्ने निर्णय गरेको छ । सरकारका सचिवहरूको बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्था सुरु भएपछि सार्वजनिक बिदाको व्यवस्थामा पुनरावलोकन आवश्यक देखिएको भन्दै कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन हुने कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)