बागमती प्रदेशमा तत्काल सरकार नछोड्ने रणनीतिमा एमाले
annapurnapost.com · Mon Jul 20 09:44:33 GMT 2026

हेटौंडा : बागमती प्रदेशमा नेकपा एमालेले तत्काल सरकार नछोड्ने रणनीति बनाएको छ। गत शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको मन्त्रालय संख्या घटाउने निर्णयसँगै ६ जना विनाविभागीय मन्त्रीलाई आज सोमबार सामूहिक राजीनामा दिन लगाए पनि तत्कालका लागि स्थगित गरेको छ।
गत वैशाख २२ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटा मन्त्रालय मात्रै रहने व्यवस्था साउन १ गते देखि लागू हुने निर्णय गरेको थियो। सोही निर्णय अनुसार मुख्यमन्त्री बानियाँले गत शुक्रबार प्रदेश प्रमुख कार्यालयमा मन्त्रालय कार्य विभाजनको सिफारिस गर्दै मन्त्रालयको सङ्ख्या घटाएर ८ पुर्याएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)