काठमाडौँसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
ratopati.com · Mon Jul 20 09:55:14 GMT 2026

काठमाडौँ। देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन्। काठमाडौँ महानगरपालिका-१३ कालिमाटीस्थित सडक पेटीमा धादिङ ज्वालामुखी गाउँपालिका-६ घर भएका ३४ वर्षीय शकर शाही आइतबार मृत अवस्थामा फेला परेका हुन्।
त्यसैगरी मुगुको सोरू गाउँपालिका-५ नेरघाटस्थित कर्णाली नदीको किनारमा नाम, थर र वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन्। यस्तै चितवनको रत्ननगर नगरपालिका-८ बागमारास्थित बुढी राप्ती नदीको दोभानमा नाम, थर र वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)