शेयर बजारका सरोकारवालालाई के भने प्रधानमन्त्रीले ?
nepalpress.com · Mon Jul 20 09:56:24 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सरोकारवालासँग शेयर बजारबारे सरोकारवालासँग छलफल गरेका छन् । प्रधानमन्त्री शाहले शेयर बजार सुधारलाई प्राथमिकतामा राख्दै सोमबार शेयर बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग विशेष छलफल गरेका हुन् ।
छलफलमा प्रधानमन्त्रीले नेपालको पुँजीबजारको दीर्घकालीन विकासका लागि शेयर बजारका सरोकारवालाले उठाउँदै आएका विभिन्न सुझावहरू कार्यान्वयन गर्न सरकार सकारात्मक रहेको बताएका छन् । उनले संस्थागत लगानीकर्ता बढाउनेदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को रणनीतिक साझेदारसहित पुनर्संरचना, प्राथमिक निष्कासन प्रणाली सुधार, दोस्रो बजारमा तरलता वृद्धि तथा कर प्रणाली पुनरावलोकनसम्मका विषयमा आवश्यक पहल गरिने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)