सेयर बजारको मनोबल बढाउन प्रधानमन्त्रीले भने– निजी लगानी सहज गर्छौं
baahrakhari.com · Mon Jul 20 09:56:11 GMT 2026

काठमाडौं । स्थिर सरकार रहँदा पनि सेयर बजार निरन्तर ओरालो लागेपछि पुँजी बजार, धितोपत्र व्यवसाय तथा बिमा क्षेत्रका सरोकारवालाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेट गरेका छन् । करिब डेढ घण्टा भएको भेटमा पुँजीबजारको दिगो विकास, लगानीकर्ता संरक्षण तथा बजारको तरलता अभिवृद्धिका लागि सरकारले आवश्यक कानुनी तथा नीतिगत सुधार गर्नुपर्ने माग अघि सारेका थिए ।
सरोकारवालाले प्रधानमन्त्रीसँगको छलफलमा प्राथमिक निष्कासनदेखि दोस्रो बजारसम्मका व्यवस्था परिमार्जन, संस्थागत लगानीकर्ता विस्तार, कर सुधार तथा विदेशी लगानी आकर्षित गर्ने उपायहरू समेत व्यवस्था गर्नुपर्ने उल्लेख गरेको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)