प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सिर्जना गर्न नपाइने
shilapatra.com · Mon Jul 20 09:58:00 GMT 2026

सरकारकी कार्यालयहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना नयाँ कर्मचारीको दरबन्दी सिर्जना गर्न नपाइने भएको छ । बुधबार मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना नयाँ दरबन्दी सिर्जना गर्न नपाइने निर्णय गरेको हो ।
बैठकबाट भएको २२ बुँदे निर्णयमा चालु आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना कुनै पनि कार्यालयले नयाँ दरबन्दी सिर्जना नगर्ने उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)