सेयर बजारका समस्या समाधान गर्न प्रधानमन्त्री प्रतिबद्ध
himalpress.com · Mon Jul 20 10:03:29 GMT 2026

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। सिंहदरबारमा सोमबार पुँजीबजार तथा धितोपत्र व्यवसायसँग सम्बन्धित सरोकारवाला निकाय र व्यवसायीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले पुँजी बजारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सरकारले आवश्यक काम अघि बढाइरहेको बताए।
उनले व्यवसायीका जायज माग कार्यान्वयनका लागि सम्बन्धित निकायसँग थप छलफल गरी आवश्यक निर्णय लिइने प्रतिबद्धता व्यक्त गरे। छलफलमा सहभागी सेयर ब्रोकर तथा पुँजीबजार विज्ञ एवं नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजीबजार समितिका सभापति प्रियराज रेग्मीका अनुसार प्रधानमन्त्री शाहले समस्या समाधानका लागि नयाँ समिति गठन गर्नुको सट्टा सम्बन्धित निकायले तत्काल काम अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)