बुधबारदेखि वर्षा कम हुँदै जाने, आज र भोलि भने भारी वर्षाको सम्भावना
ajakoartha.com · Mon Jul 20 10:17:00 GMT 2026

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश : कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको जानकारी दिएको छ ।
विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले आज र भोलि देशका विभिन्न स्थानमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमश कम हुँदै जाने जानकारी दिए । उनका अनुसार आज दिउँसो देशका हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)