लहान खानेपानी संस्थानद्वारा बक्यौता असुलीमा कडाइ
ratopati.com · Mon Jul 20 10:29:06 GMT 2026

जनकपुरधाम। नेपाल खानेपानी संस्थान लहानले लामो समयदेखि महसुल नतिर्ने उपभोक्ताबाट बक्यौता असुली अभियानलाई तीव्र बनाएको छ। संस्थानले घरदैलो कार्यक्रम सञ्चालन गर्नुका साथै बक्यौता नतिर्ने उपभोक्ताको खानेपानी धारा काट्ने कामलाई अघि बढाएको हो।
शाखा प्रमुख राकेश गोइतका अनुसार हालसम्म महसुल नबुझाउने १४० जना उपभोक्ताको धारा काटिएको छ। बक्यौता रकम भुक्तानी गरे लगत्तै पुनः धारा जडान गरिने व्यवस्था गरिएको उनले बताए। उनका अनुसार हाल रु ७१ लाख ८० हजार ३१६ बक्यौता रकम असुल हुन बाँकी छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)