बाजुरामा जीप दुर्घटना, नौजना घाइते
baahrakhari.com · Mon Jul 20 10:29:40 GMT 2026

काठमाडौं । बाजुरामा जीप दुर्घटना भएको छ । प्रहरीका अनुसार बाजुराको हिमाली गाउँपालिका- ५, क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकमा जीप दुर्घटना हुँदा चालकसहित नौजना घाइते भएका हुन् ।
सोमबार दिउँसो करिब १:२५ बजे सु.प्र.प्र. ०१–००१ ज १८७८ नम्बरको जीप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)