रसुवामा हराएका कैलालीका २३ जना सम्पर्कमा
gorkhapatraonline.com · Sat Aug 29 16:45:34 GMT 2026

भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएकामध्ये कैलालीका २३ जना परिवारको सम्पर्कमा आएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपछि सम्पर्कविहीन भएकामध्ये केही व्यक्ति परिवारको सम्पर्कमा आएका हुन ।
जिल्लाको ७९ जना सम्पर्कविहीन भएका थिए । जसमध्ये २३ जना सम्पर्कमा आएका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)